add

प्रधानाध्यापकले रु. ५ लाख सम्म खर्च गर्न पाउने, प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज






ActPro Nepal

|

१५ जेठ, २०७९

|
676

काठमाडौं । अब प्रधानाध्यापकले रु. ५ लाखसम्म खर्च गर्न पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव २०७९।८०को बजेटमार्फत यस्तो घोषणा गरेका छन् ।

विश्वविद्यालय, विद्यालय र अन्य शैक्षिक संस्थामा रहेको दरवन्दी पुनरावलोकन गरी स्थानपूर्ति गरिने छ । विद्यालय समायोजन गर्ने योजना पनि बजेटले लिएको छ ।

यसका साथै द्वन्द्वपीडित बालबालिकाका लागि स्थापिन शहिद विद्यालयहरुलाई प्राविधिक विद्यालयमा स्तरोन्नति गरिने र प्राविधिक तथा व्यावसायिक तालिम परिषदको पुनर्संरचना गरिने पनि बजेटमा उल्लेख छ ।

विदेशी प्राध्यापकहरुका लागि भिसा प्रक्रिया सहज बनाइने छ । प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गर्ने र हाल भएका अस्पतालमा पूर्वाधार विकास गरी सहकार्यको व्यवस्था पनि गरिने छ । प्रधानमन्त्रीको जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने योजना पनि बजेटमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.