add

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक






ActPro Nepal

|

५ जेठ, २०७९

|
593

मकवानपुर । मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ । 

नेकपा (एमाले) ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र) ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । 

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.