add

हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा निर्वाचित






ActPro Nepal

|

४ जेठ, २०७९

|
1044

काठमाडौं । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रवीन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनी एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याएका छन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरेका छन् ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएका हुन् । मैनालीले पाँच हजार ७८ मत ल्याएका छन छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याएका छन् । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याएका छन् ।

राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.