add

बालेनको हारजितमा सट्टेबाज गर्ने दुई युवा पक्राउ






ActPro Nepal

|

२ जेठ, २०७९

|
1230

काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।

हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय बालेनले जित्छ भन्ने पक्षमा छन् भने रमेश हार्छ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी लम्सालले बताए ।

उनले भने, ‘फलानोले जित्यो भने यती गर्छु । उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइँदैन । सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.