add

नुवाकोटको १८ वटा वडाको मतगणना सकियो, ७ वटामा कांग्रेस विजयी






ActPro Nepal

|

१ जेठ, २०७९

|
2009

काठमाडौं । नुवाकोटको १८ वटा वडाको मतगणना सकिएको छ । मतगणना सकिएको वडाहरु मध्ये नेपाली कांग्रेसले ७ वटा, नेकपा (माओवादी केन्द्र) ले ६ वटा र नेकपा एमालेले ५ वटा वडामा विजयी हासिल गरेको छ ।

नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन् ।

नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका–१ मा लेलिन रञ्जित विजयी भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.