add

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु






ActPro Nepal

|

१६ वैशाख, २०७९

|
1228

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका-६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.