add

नेप्सेमा उच्च अंकको कमब्याक, सबै समूहको सूचक हरियो






ActPro Nepal

|

३० चैत, २०७८

|
760

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । यससाता अघिल्ला दुई कारोबार दिनमा ७९ अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । अन्य समूह सबैभन्दा धेरै २.२८ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह् पनि २ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

मंगलवार १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६२.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनाइटेड इदि मर्दी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्थ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ ।

बुधबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ४३ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.