add

रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो






ActPro Nepal

|

२९ चैत, २०७८

|
1018

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ ।  गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

नेपाल राष्ट्र बैंकले   सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

माघ मसान्तसम्ममा यस्तो रकम ८.७ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब १२ करोड रहेको थियो । फागुनमा भित्रिएको रेमिट्यान्स रकम बढेपनि समग्रमा भने नेपाल आउने रेमिट्यान्स घटेको छ ।

विसं २०७७ फागुसम्मको तुलनामा चालु आवको यसै अवधिमा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्याङ्क छ । माघ मसान्तसम्ममा भने अघिल्लो आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको तथ्याङ्क छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

यसैगरी चालु आवको आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ । २०७७ फागुन मसान्तसम्ममा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.