add

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा






ActPro Nepal

|

२५ चैत, २०७८

|
1084

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन ५ दिन बाँकी रहे पनि खुञ्जेलीले सो अगावै पदबाट राजीनामा दिएकी हुन् ।

उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिँदै छ । उनले दोस्रो कार्यकालका लागि बैंकको सीईओमा दोहोरिन चाहे पनि सञ्चालक समितिले निरन्तरता दिन नचाहेपछि उनले राजीनामा दिएको बताइएको छ ।

यद्यपि, उनले राजीनामा दिए पनि अहिलेसम्म संचालक समितले स्वीकृत गरेको छैन । खुञ्जेली २०७४ चैत ३० गते मेगा बैंकको सीईओ भएकी थिइन् ।

खुञ्जेली नेपालीवाणिज्य बैंकहरुकै पहिलो महिला सीईओ हुन् । उनले तत्कालीन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड) नबिल बैंकमा पनि काम गरेकी थिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.