add

एलन मस्क विश्वकै सर्वाधिक धनी, फोर्ब्सको सूचीमा कहाँनेर अटाए विनोद चौधरी?






ActPro Nepal

|

२३ चैत, २०७८

|
907

काठमााडौं । एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ती २९० दशमलव ३ अर्ब डलर सम्पत्ती रहेको फोब्सको सूचिमा उल्लेख छ।

विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाका अनुसार दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९ दशमलव ८ रहेको छन्।

त्यस्तै बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन्।

गत राती सार्वजनिक सूचीअनुसार नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो । जसअनुसार उनको सम्पत्ती १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् ।

दक्षिण एशियामा भारत र नेपालका उद्योगी मात्र सो सूचिमा परेका छन् ।उनी चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहन्दै आएका छन्।

दक्षिण एशियाका अन्यमुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन्।

उक्त सूची अनुसार अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेका छन् । त्यस्तै चीनमा ५३९ जना र तेस्रोमा भारतमा १ सय ६६ जना अर्बपति रहेका छन् 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.