add

काठमाण्डाै उपत्यकाका ट्राफिक प्रहरीले अनिवार्य डायरी र कलम बाेक्नुपर्ने






ActPro Nepal

|

१७ चैत, २०७८

|
1791

काठमाडौँ । काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ड्युटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि ड्युटीमा खटिँदा हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने; तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायी अभिलेखीकरण गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जोशीले एक कार्यक्रमका बीच काठमाडौँ उपत्यकामा कार्यरत करिब १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् ।

ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उद्देश्यले ती सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए ।

ड्युटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्नका लागि डायरी र कलम दिएको उनले जानकारी दिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.