add

निकुञ्ज घुम्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि






ActPro Nepal

|

१७ चैत, २०७८

|
668

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा आएका पर्यटकको संख्या भन्दा चालु आर्थिक वर्षको ८ महिनामा आएका पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

यस अविधिमा निकुञ्जमा १ लाख ८ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७/७८ मा घुम्न आउने पर्यटकको संख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६/७७ मा १ लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो ८ महिनामा विदेशी ५ हजार ३९४ मध्ये २ हजार ५४० महिला र २ हजार ८५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका ४ हजार ८६५ जना थिए ।

आन्तरिक पर्यटकको संख्या भने उल्लेख्य मात्रामा रहेको छ । चालु आवको ८ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उनले जानकारी दिए ।

पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका १ लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन् । गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका र एक हजार २४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताए ।

गत आवमा कोरोना संक्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको संख्यामा कमी आएको हो ।

आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष पुगेका थिए । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए ।

पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुंगा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ , चराचुरूगी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.