add

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ






ActPro Nepal

|

१७ चैत, २०७८

|
935

जलेश्वर । विगत ५ दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे ।

जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।

ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा रु ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब रु ८ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो ।

भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको रु ७ लाख ९१ हजार बरामद गरेको थियो ।पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.