add

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य






ActPro Nepal

|

८ चैत, २०७८

|
1004

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । 

माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । रु ८२ करोड  ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७।१७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८÷७९ असार मसान्तसम्म  एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए। सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ । 

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा  कोरोना महामारीपछि  नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए।  नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक  डेढ करोड रुपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.