add

नाबालिग बलात्कार प्रकरणःपल शाहविरुद्ध अदालतमा बलात्कार मुद्दा दर्ता






ActPro Nepal

|

४ चैत, २०७८

|
680

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।

एक नाबाकालिग गायिकाका बुवाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

अभिनेता शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिइ करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

नाबालिग गायिकाका बुवाले शाहले आफ्नाी छोरीलाई बलात्कार गरेको ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

त्यसपछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी परेको थियो ।

नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

शाह अहिले तनहुँको दमौलीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीसँगै उनका व्यवस्थापक कृष्ण जोशी पनि छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.