add

नियम विपरीत काम गरेको भन्दै नबिल बैंक सहित १४ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा






ActPro Nepal

|

२ चैत, २०७८

|
1004

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । 

राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै ती बैंकलाई कानुन बमोजिम कारबाही गरिएको राष्ट्र बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।

कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन्।

यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक पनि कारबाहीमा परेका नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

यसमध्ये, प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ।

नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई केन्द्रीय बैंकले सचेत गराएको राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निदशन २०७८ को निर्देशन मोजिम बोलकबोल Bidding: को आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो वटी नदोहरीने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको निर्देशन उल्लेख गरिएकाे छ ।

त्यसैगरी तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेकाेले प्रभु बैंकलाइ १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराइएको छ भने संस्थागत मुद्दती निक्षेपमा तोकिएको नियम विपरित बढी ब्याज दिएकाे र एटलस इन्जिनियरिङ कन्स्ट्रक्सनको खाता रोक्का राख्ने निर्देशनलाई समेत पालना नगरेकोले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई बोलाए सचेत गराएको हाे ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.