add

दोहोरो अंकले घट्यो नेप्से, परिसुचक २६५० अंक पुग्दा ३ अर्ब ३६ करोडको कारोबार






ActPro Nepal

|

१ चैत, २०७८

|
384

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ४ हरियो भएको छ । भने ९ वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

होटल समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह सबैभन्दा धेरै १.६२ प्रतिशतले घटेको छ।

टेलिकमले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिन घोषण गरेसँगै लगानीकर्ताको आर्कषण बढेको हो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार नियमित समयभन्दा झन्डै २ घण्टा कारोबार नभएपछि कारोबार रकम ह्वात्तै घटेको थियो । त्यसदिन सवा १ अर्बको मात्र शेयर किनबेच भएको थियो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल छेलिकमको भएको छ । यस कम्पनीको आज ३४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफ इन्सोरेन्स ११ करोड ८४ लाख बढीको कारोबार गदैृ तेस्रो स्थानमा रहेको छ । इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी ५.८१, नेपाल पुनर्बीमा ४.८७, राष्ट्र उत्थान लघुवित्त ४.७५, गोर्खा फाइनान्स ४.६३, प्राइम लाइफ, घलेम्दी हाइड्रोपावर र तारगाउँ होटलको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.