add

नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

३० फागुन, २०७८

|
730

काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (चैत १ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

नेकोले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत ९ गते वार्षिक साधरण सभा बोलाएको छ ।

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.