add

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६४ लाख नाघे, इण्टरनेट बैंकिङ प्रयोग गर्ने कति ?






ActPro Nepal

|

२९ फागुन, २०७८

|
1420

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ लिनेको संख्या करिब एक करोड ६४ लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ७ महिनामा देशभरबाट एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

कूल संख्यामध्ये ‘क’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४५ लाख ६१ हजार ९७२ पुगेका छन् ।

त्यस्तै ‘ख’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १८ लाख ३४ हजार १७५ पुगेका छन् भने ‘ग’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८० हजार ५३३ जना छ ।

यसैबीच इण्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख ८३ हजार २५३ पुगेको छ ।

जसमध्ये १२ लाख ४२ हजार ६४९ ‘क’ वर्गको बैंकका, तीन लाख ३१ हजार ४६५ ‘ख’ वर्गको बैंकका र ९ हजार १३९ ‘ग’ वर्गका प्रयोगकर्ता छन् ।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.