add

नेप्सेमा तेहेरो अंकको उछाल,धेरै कमाउने जीवनबीमा समूहका लगानीकर्ता






ActPro Nepal

|

२९ फागुन, २०७८

|
696

काठमाडौं । सेयर बजारमा च्च अंकको बढोत्तरी आएको छ ।

निरन्तर ओरालो लागेको बजार साताको कारोबार पहिलोदिन शेयर बजार उच्च अंकले बढेको हो ।

शेयर बजार मापक सूचक (नेप्से) १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच भएका छन् ।

विहीवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा परिसूचमका हरियाली छाएको छ । जीवन समूह सबैभन्दा धेरै ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूह पनि ५ प्रतिशतले बढेको छ ।

कारोबार भएका २२८ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, अपी पावर ३० करोड र आइसीएफसी फाइनान्स २१ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

तेहेरो अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्य लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट, प्रडेन्सियल इन्स्योरेन्स, जनलरल इन्स्योरेन्स, नारायणी विकास, बैंक, हिमालयन ऊर्जा र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.