add

‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक धामीलाई अवार्ड






ActPro Nepal

|

२९ फागुन, २०७८

|
787

बैतडी । ‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीले अवार्ड पाएका छन् ।

सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनी सम्मानित भएका हुन् । उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज  छ । मंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । 

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई अवार्ड प्रदान गरिएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.