add

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँड हुने,५ लाख बढीको हात खाली






ActPro Nepal

|

२३ फागुन, २०७८

|
639

काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको दिउँसो १ बजे आइपीओ बाँडफाँड हुने भएको हो ।

यलो पेगोडा होटल, जमलमा बाँडफाँड गर्ने तयारी भएको क्यापिटलले जनाएको छ ।

आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ।

यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।

यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.