add

नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण प्रगति ४६ प्रतिशत पुग्यो,कति मिटर खन्न बाँकी छ ?






ActPro Nepal

|

२३ फागुन, २०७८

|
830

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । 

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म सुरुङ खन्ने काम ४६ प्रतिशत पूरा भएको छ । आयोजनाका अनुसार हालसम्म २ हजार ५३२ मिटर सुरुङ खनिएको हो ।

तिहारपछि कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये २ हजार ५३२ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । कामलाई तीव्रता दिन हाल दैनिक करिब १० मिटर सुरुङ खन्न थालिएको छ ।

कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये ९९५ मिटर खनिसकिएको छ । आयोजना काठमाडौंतर्फ ४९९ मिटर र धादिङतर्फ ४९६ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, आपतकालीन (स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३६७ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७९० मिटर र धादिङतर्फ ५७७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म समग्रमा ३३ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४० प्रतिशत प्रगति भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४४ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २८ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ९६७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.