add

वैदेशिक रोजगार:एक महिनामा ३९ सय महिलाले लिए श्रम स्वीकृति






ActPro Nepal

|

२० फागुन, २०७८

|
850

काठमाडौं ।  रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान माघ महिनामा मात्रै ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५ हजार ५३० जना पुरुष र ३ हजार ९४० जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिने महिलामा दक्ष श्रमिकमा १,६२२ जना उच्च दक्षमा १ जना, व्यवसायीकमा १ जना र अदक्षमा १, ९८४ र अर्धदक्षमा ३३२ जना रहेका छन् ।

लाखौँको संख्यामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूमध्ये एउटा महत्त्वपूर्ण हिस्सा महिला पनि बन्ने गरेका छन् ।

बेरोजगारीका अतिरिक्त खासगरि अरूको लहैलहैमा लागेर, अनधिकृत दलालको भर परेर जाने महिलाहरूको संख्या उल्लेख्य रहेको सरोकारवालाहरु बताउँछन् ।

तोकिएको काम र गन्तव्य भन्दा फरक स्थानमा पुग्नुपरेका कारण कयौ नेपाली महिलाहरूले कष्टकर जीवन यापन गर्नुपरेको छ ।

वैदेशिक रोजगार एकातर्फ अवसर भएको छ भने अर्को पाटोमा यो ठूलो जोखिमका रूपमा पनि देखिएको छ ।

यस क्षेत्रबाट देखिएको सकारात्मक स्वरूपहरूमा आर्थिक समावेशीकरण, विप्रेषण, आर्थिक सामाजिक र प्राविधिक पुँजीको विकास, रोजगारी तथा समष्टिगतरूपमा गरिबी न्यूनीकरण र मानव विकासमा प्राप्त योगदानलाई लिन सकिन्छ ।

मानव बेचबिखनको बढ्दो माध्यम, देशभित्र श्रमशक्तिको संकट, ठगी र आर्थिक अपराधको बढ्दो प्रवृत्ति, सामाजिक तथा मनोवैज्ञानिक विखण्डन, धनी र गरिबबीचको बढ्दो खाडल, विलासी जीवनशैली प्रमुख नकारात्मक स्वरूपको रूपमा देखिन्छ ।

देशभित्र रोजगारीका अवसर सिर्जना भए पनि नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको विभागले दाबी गर्दै आएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.