add

लेखनाथ पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’ पाठकमाझ






ActPro Nepal

|

२० फागुन, २०७८

|
1338

काठमाडौं  । स्रष्टा लेखनाथ पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ । 

केही समयअघि नियात्रा संग्रह ‘फकलीको गाउँ’ र कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याएका पोखरेलको तेश्रो कृति ‘चिबे नकटो’ पाठकमाझ आएको हो । २८० पेजको यो हास्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई बढो रोचक ढंगले प्रस्तुत गरिएको छ ।

कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म व्यहोरेका, अनुभूत र समाजभित्रका विकृति र विसंगतिलाई हास्यवंग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताउँछन् । 

समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैं बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले जनाए । पत्रकार एवं लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं.प्रेस, प्रा.लि. मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति उपन्यास ‘रूपान्तरण’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.