add

२० निर्जीवन बीमा कम्पनीले सात महिनामा आर्जन गरे करिब २२ अर्ब बीमा शुल्क, माघ महिनामा मात्रै कति ?






ActPro Nepal

|

१९ फागुन, २०७८

|
1192

काठमाडौं । २० निर्जीवन बीमा कम्पनीहरुले  चालु आर्थिक वर्षको माघ महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट २१ अर्ब ८१ करोड ४ लाख बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गरेको तथ्यांक अनुसार सो अवधिमा कम्पनीहरूले १६ लाख ९५ हजार ७८८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँको व्यवसाय गरेका थिए । सो अवधिमा कम्पनीहरुले १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका थिए ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २२.१२ प्रतिशतले बढी हो ।

माघमा मात्रै २ अर्ब ७२ करोडको व्यवसाय

चालु आवको माघमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ७२ करोड ६६ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख २० हजार २७२ बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।

कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएकोघ छ । चालु आवको माघसम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तो छ अन्य कम्पनीहरूको विवरण :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.