add

टिकटकलाई चुनौती दिन फेसबुकको नयाँ ‘रिल्स’ फिचर, आम्दानी पनि हुने






ActPro Nepal

|

११ फागुन, २०७८

|
1212

काठमाडौं । सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो ।

धेरै देशहरुमा यसको भविष्यनै सङ्कटमा रहेकाले अरु एपहरुले यसको फाइदा उठाउन थालेका छन् ।

मेटाले फेसबुकमा थप गरेको नयाँ फिचरको रुपमा ‘रिल्स’ सार्वजनिक गरेको छ । यसलाई विश्वका १५० देशमा चलाउन सकिने छ । जुन आईओएस र एन्ड्रोइड दुवैका प्रयोगकर्ताले चलाउन सक्नेछन् ।

मेटाले फेसबुक ‘रिल्स’मा विज्ञापन समेत थप गर्ने बताएको छ । यसले प्रयोगकर्तालाई पैसा कमाउन समेत सहयोग पुग्ने छ । शुरुमा ब्यानर स्टिकर विज्ञापन हुँदै ओभरले विज्ञापनहरुको परीक्षण गरिने बताइएको छ ।

अमेरिकामा सेप्टेम्बरमा ‘रिल्स’ सार्वजनिक गरिएको थियो । टिकटकको लोकप्रियताले पछिल्लो समय फेसबुकको प्रयोकर्ता दैनिक पाँच लाखका दरले घटेको थियो ।

टिकटकको चुनौतीको सामना गर्न फेसबुकको यो कदम चालेको देखिन्छ । फेसबुक तथा इन्ताग्रामका प्रयोकर्ताले भिडियोलाई डोयट गर्न तथा ६० सेकेन्डसम्मको भिडियो क्लिप अपलोड गर्न सक्नेछन् ।

त्यस्तै फेसबुक प्रयोकर्ताले रिल्स भिडियोलाई ड्राफ्टमा भिडियो सेभ गर्न सक्ने सुविधा छ । शुरुमा टिकटकसँग प्रतिस्पर्धा गर्ने हिसावले ‘रिल्स’को शुरु गरेपनि मेटाले फेसबुक एपमार्फत जाँदा बढी लोकप्रिय हुने सम्भावना देखेर अगाडी बढेको बताइएको छ ।

जसको फलस्वरुप कम्पनीले २०२१ को चौथो त्रैमासको आम्दानीको आधारमा रिल्स अबको सबैभन्दा छिटो ग्रो हुने सामग्री रहेको मेटाले विश्लेषण गरेको छ ।

साथै यसले फेसबुक र इन्ताग्रामको प्रयोकर्तापनि बढ्ने अपेक्षा राखिएको छ । तथापी यसले हाल सबैभन्दा कम पैसा आर्जन गरेको छ । तर छिट्टै लोकप्रिय सबैभन्दा बढी आम्दानी गर्ने फिचरको रुपमा रहने कम्पनीको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.