add

१२ प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह






ActPro Nepal

|

१० फागुन, २०७८

|
785

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका  १२ जना प्रहरी जवान लामो समयदेखि सम्पर्कमा नरहेको पाइएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै विभिन्न स्थानमा दरबन्दी रही सेवामा नआएका १२ जना प्रहरीलाई तत्काल हाजिर हुन चेतावनी दिएको छ। 

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका प्रहरी जवानहरुलाई सम्बन्धित कार्यालयमा हाजिर हुन आउनका लागि सात दिनको म्याद दिएको हो। सूचना नै नदिई गैरहाजिर रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले निश्चित समय दिएर कार्यलयमा उपस्थित हुन निर्देशन दिएको हो। 

बाटोको म्यादबाहेक सात दिनभित्र कार्यलयमा उपस्थित नभएको अवस्थामा सेवाबाट हटाउने चेतावनी समेत दिएको छ।

सम्पर्कविहीन हुनेहरुमा विशेष प्रहरी कार्यदल गुल्म, महाराजगञ्जमा दरबन्दी रहेका प्रहरी जवान राजकुमार शाह,  कर्णाली प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं २, सुर्खेतमा दरबन्दी रहेका डिल  बहादुर पुन मगर,  महानगरीय प्रहरी गण गुल्म नं ४ सामाखुशीमा दरबन्दी रहेका विजेन्द्र कार्की,  इलाका प्रहरी कार्याल्य दिल्पा, भोजपुरमा दरबन्दी रहेका आशाराम महतो रहेका छन्। 

त्यस्तै प्रदेश १ सशस्त्र प्रहरी गण  गुल्म नं १ रानी विराटनगरमा दरबन्दी रहेका वुद्धबिर तामाङ, प्रहरी चौकी नरसिंंहटप्पु, सुनसरीमा दरबन्दी रहेका मुस्कान वान्तवा, प्रहरी चौकी पट्टार तनहुँमा दरबन्दी रहेका विष्णु वि.क लगायतका प्रहरी जवानहरुलाई पनि कार्यलयमा हाजिर हुन अन्तिम मौका दिइएको छ। 

यसैगरी प्रहरी जवानहरु अर्जुन पुन, रामचन्द्र जोशी, गणेश सिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सातदिन भित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.