add

बाँकेमा ट्रकले किचेर ड्युटीमा रहेकी महिला प्रहरी जवानको मृत्यु






ActPro Nepal

|

९ फागुन, २०७८

|
741

काठमाडौं । बाँकेमा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ ।  

बाँकेको कोहलपुरमा गएराति भएको दुर्घटनामा प्रहरी जवान ३६ वर्षीय कविता बुढा क्षेत्रीको मृत्यु भएको हो ।

शमशेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहामा अनियन्त्रित भइ पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान क्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।

घटना राति करिब १० बजेतिर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना थियो ।

मृत्यु भएकी प्रहरी जवान क्षेत्री बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी हुन् ।

ट्रकले किचेर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरका दुईवटा स्कुटरसमेत पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसी रहेका छन् । घटनापछि उनलाई नियन्त्रणमा लिइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.