add

बैंकिङ कसूर आरोपमा पक्राउ परे ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल






ActPro Nepal

|

९ फागुन, २०७८

|
1069

काठमाडौं । ग्रीनलाईनका संचालक अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि पक्राउ गरेको हो। काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रिनलाइन सञ्चालन अमित अग्रवाल एकाएक सम्पर्कविहीन भएपछि चर्चामा आएका थिए।

सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

पुस २२ गते अमित सहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए। आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन्।

माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए। परिवारमा विरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए। अग्रवालल परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्ब भन्दा बढी लोन लिएको देखिएको छ। ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो। व्यवसाय धराशयी भएको तथा मिटर ब्याजका कारण बेपत्ता हुनुपरेको नोट घरमा छाडेर सिंगै परिवार गायव भएको थियो।

काठमाडौंमा सम्पर्कमा आएपछि भने मिटर ब्याजको विषयलाई उनले लुकाएका छन्। मिटर ब्याज दिनेहरु पहुँचवाला भएको र उनीहरुको नाम सार्वजनिक गर्दा थप अप्ठेरोमा पर्ने देखेपछि अग्रवाल परिवारले नोटमा लेखेको विषयलाई गुपचुप बनाएका छन्।

ग्रिनलाइनको चेक बाउन्स भएपछि गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पनि प्रहरीकहाँ उजुरी गरेका थिए। उनले रक्सी बिक्रीको रकम नपाएको र चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए। रकम नपाए आफूले सप्लाइ गरेको रक्सी फिर्ता पाउँ भन्दै उनले आग्रह गरेका थिए।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.