add

पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन सुरु,कति लाग्छ शुल्क ?






ActPro Nepal

|

६ फागुन, २०७८

|
894

पोखरा । पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको  छ ।

अन्नपूर्ण केबुलकार प्रालिले २ अर्ब लगानीमा निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुक्रबारदेखि रूपमा संचालनमा आएको हो ।

आगामी नयाँ वर्ष (वैशाख १ गते)मा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबलकार संचालन हुने अन्नपूर्ण केबलकारले जनाएको छ ।

२ हजार २६५ मिटर लामा यो केबलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४६५ मिटर रहेको छ । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्ने गरेको छ भने केबलकारमा अब झण्डै ९ मिनेटमा पुग्न सकिने केबलकारका संञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

उनले विदेशी तथा विदेशी पर्यटकहरूको गन्तव्य मानिने पोखरामा अन्नपूर्ण केबलकारको संञ्चालनमा आउने भएसँगै पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको बताए । ‘अङ्ग्रेजी नयाँ वर्षदेखि व्यावसायिक सञ्चालनको योजना थियो । तर, प्राविधिक समस्याका कारण ढिला भएर संञ्चालनमा आए पनि पोखराको पर्यटन विकासमा थप टेवा पुग्छ,’ उनले भने।

कम्पनीका अनुसार उक्त केबलकार चढेको शुल्क नेपालीले ७०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८०० र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.