add

बेलायतका राजदूत आचार्यले लिए पद तथा गोपनीयताको शपथ






ActPro Nepal

|

४ फागुन, २०७८

|
646

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा बुधबार भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् ।  त्यसअवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.