add

संसदमा एमसीसी टेबुल नगर्ने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति






ActPro Nepal

|

४ फागुन, २०७८

|
782

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज बस्ने प्रतिनिधि सभा बैठकमा पेश नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति बनेको छ ।

बिहान संसदीय दलको बैठक सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवालाई भेट्ट प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा बुधबार बस्ने संसद बैठकमा एमसिसी प्रस्ताव अगाडि बडाउने सम्बन्धमा देउवा पछि हटेको प्रचण्डका सचिवालयले जनाएको छ ।

एमसिसी यथास्थितिमा अगाडि बढाउन गठबन्धन दल कांग्रेस बाहेक अन्य दल सहमत छैनन् । एमसिसीबारे निर्णय लिन बिहान बसेको माओवादी संसदीय दलका सांसदहरूले गठबन्धन जोगाउने नाममा राष्ट्रघाती एमसिसी सम्झौता अगाडि नबढाउन नेतृत्वलाई चेतावनी दिएका थिए ।

असमान शर्तहरू संशोधन नगरी यथास्थितिमा एमसिसी सरकारले अगाडि बढाए गठबन्धन टुट्नेसम्मको चेतावनी दिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.