add

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु






ActPro Nepal

|

४ फागुन, २०७८

|
662

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.