add

चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह






ActPro Nepal

|

२ फागुन, २०७८

|
1056

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले बताइन् ।

थापा र शाही लामो समयदेखि प्रेममा थिए । शाही हाल अमेरिका बस्दै आएको खुलेको छ । उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन् । ३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन् ।

गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन् । उनी पराजित भइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.