add

सन्दीप लामिछाने आइपीएल क्रिकेटको मेगा अक्सनमा ‘अनसोल्ड’






ActPro Nepal

|

१ फागुन, २०७८

|
940

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

बैंग्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा उनलाई अनुबन्ध गर्न कुनै पनि टोलीले चासो नदेखाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो ।

सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । उनी पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका थिए । सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो।

लेग स्पिनर सन्दीप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.