add

पोखराबाट भारतमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा






ActPro Nepal

|

२५ माघ, २०७८

|
487

काठमाडौं  । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतमा अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको छ ।

राष्ट्रिय गौरवका आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भईसकेको छ । बाँकी कार्यहरु पनि धमाधम भइरहेको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा कार्य गरिरहेको छ ।

योजना अनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यहरुमध्ये शुरुवातमा नयाँदिल्ली, देहेरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्नेछ।

त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने बुद्धको योजना रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाल निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व÷पश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन ।

यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडानहरु हुने देखिएको छ ।

बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

विज्ञप्तिमा बुद्ध एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले अहिले ‘रनवे’ र ‘टयाक्सी–वे’ को निर्माण सिमेन्ट कंक्रीटले भइरहेको छ, अब बाँकी ‘टयाक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई ‘अलकक्राको पिच’ मात्र गरे पुग्ने बताए ।

पोखरा सर्वप्रिय पर्यटकीय गन्तव्य हो । पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरि गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.