add

राप्रपाका पदाधिकारीले लिए गोपनीयताको शपथ






ActPro Nepal

|

२३ माघ, २०७८

|
803

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त २४ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई शपथ गराउँदै देशभर सङ्गठन विस्तार गरी पार्टीका नीति तथा कार्यक्रमबारे जनतालाई आश्वस्त पार्न निर्देशन दिए ।

पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पदाधिकारीलाई स्वागत गर्दै पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्ने विचार व्यक्त गरे ।

गत मङ्सिरमा अधिवेशन सम्पन्न गरेको सो पार्टीले हालै उपाध्यक्ष, महामन्त्री, प्रवक्तालगायत पद तथा विभागीय प्रमुख मनोनित गरेको थियो । पार्टीको सचिवालय प्रमुखमा उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिइएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

उनका अनुसार, पार्टीका अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष कमल थापाकाबीच करिब दुई महिनापछि पहिलोपटक भेटवार्ता भएर सङ्गठनलाई एकताबद्ध बनाएर लैजाने सहमति भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.