add

शीर्ष तीन दलको बैठक सकियो,के भयो कुराकानी ?






ActPro Nepal

|

२३ माघ, २०७८

|
841

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो । 

बैठकमा राष्ट्रियताको विषयमा सबै दलको एउटै दृष्टिकोण हुनु पर्ने, एमालेले कारावााही गरेका १४ सांसदलाई सभामुखले निष्कासन गरे एमाले संसद खोल्न तयार रहेको एमाले माहासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

‘एमसिसीको विषयमा सत्तापक्षका नेताहरूले भ्रम छरेका छन् । बाहिर एउटा कुरा गर्ने भित्र अर्को कुरा गरेर राष्ट्रलाई अनिर्णयको बन्दी बनाएका छन्,’ बैठकको निर्णयबारे बालुवाटारमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिँदै पोखरेलले भने, ‘राष्ट्रियताको विषयमा प्रतिपक्ष वा सत्तापक्ष एउटै भएपनि सत्तापक्ष क्लियर नभएसम्म प्रतिपक्षले जवाफ दिनु हतार हुनेछ ।’

उनले एमालेले राखेको मागबारे सत्तापक्ष सकारात्मक भए संसदको अवरोध हटाउन आफुहरू तयार भएको अध्यक्ष ओलीले बताएको पोखरेलले जानकारी दिए ।

एमसिसी बोर्डलाई प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रूपमा गरेको हस्ताक्षर सार्वजनिक भएपछि प्रधानमन्त्री देउावाले तीन दलको बैठक बोलाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.