add

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, आठ नयाँ मन्त्री नियुक्त






ActPro Nepal

|

२३ माघ, २०७८

|
1074

काठमाडौं । आइतबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री राईले सत्तारूढ गठबन्धनलाई समेतसमेटेर आइतबार मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप गरेर १४ सदस्य मन्त्रिपरिषद् निर्माण गरेका छन् । 

मुख्यमन्त्री राईले ईन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका छन् । त्यस्तै सडक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की नियुक्त भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय केदार कार्कीलाई दिइएको छ । उनी यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् । स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई,सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनुलङवा लिम्बु नियुक्त भएका छन् ।

यसैगरी कृषि मन्त्रीमा झलकबहादुर मगर, वन वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापालाई मुख्य मन्त्री राईले नियुक्त गरेका छन् । 

उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगाम, यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई  र सामाजिक विकास राज्यमन्त्रीमा मुख्य मन्त्री राईले विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.