add

इसेवाबाट यी अस्पतालमा लिन सकिन्छ अनलाइन ‘अपोइन्टमेन्ट’






ActPro Nepal

|

२० माघ, २०७८

|
609

काठमाडौं । नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ ।

कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो ।

यी सबै अस्पतालहरु ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिनेछ । योसँगै अबदेखि यी अस्पतालहरुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवाको मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ ।

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथैसमयको समेत बचत हुनेछ । अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ ।

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचनाप्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.