add

सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो






ActPro Nepal

|

१८ माघ, २०७८

|
592

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएनरबिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् ।

एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.