add

सरकारलाई गठबन्धनको सुझाव- जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गरौं






ActPro Nepal

|

१५ माघ, २०७८

|
823

काठमाडौं ।  सत्तारुढ गठबन्धनका नेताहरुबो शनिबार साँझ बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाएको छ। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार  अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ। बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रियाअघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । 

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले संविधान र स्थानीय तहको निर्वाचन बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.