add

बैंकर्स संघले भन्यो– क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङका सबै कारोबार गैरकानुनी,कारोबार नगर्नु






ActPro Nepal

|

१२ माघ, २०७८

|
863

काठमाडौं । नेपाल बैंकर्स संघले  क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानूनी रहेको बताएको छ।

पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टोरभर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/ भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुनेमा सचेत गराएको हो।

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ संघद्वारा जारी सूचनामा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.