add

पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा मुछिए






ActPro Nepal

|

३ माघ, २०७८

|
477

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी सुन प्रकरणमा मुछिएका छन् । उनी सुन प्रकरणमा मुछिएको विवरण त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पठाएको विषय सार्वजनिक भएको हो ।

सो डकुमेन्ट मन्त्री आले स्वयम्ले नै आज मिडियामार्फत सार्वजनिक गरेका हुन् । 

भन्सार कार्यालयले उपलब्ध गराएको पत्रअनुसार रेग्मीले ७ पुस ०७४ मा कतार एयरवेजको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए । जहाँ ३० ग्राम सुन भएको बताइएको छ । उक्त सुन अवैध भएको र रेग्मी सुन चोरी–पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

‘कसुर अपराध गरी सुन चोरी–पैठारी गरी ल्याएको ठहरी भन्सार ऐन २०६४ को दफा  ५७ (१) बमोजिम सुन जफत भई सोही ऐनको दफा ५७ को उपदफा (१क) अनुसार उक्त सुनको जरिवाना १ लाख ४० हजार ६५८ रहेको उक्त पत्रमा उल्लेख छ’, पत्रमा उल्लेख छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.