add

बतासको होटल रहेको पशुपति धर्मशालाको मन्त्री आलेद्वारा निरीक्षण






ActPro Nepal

|

२ माघ, २०७८

|
857

काठमाडौं । बतास अर्गनाइजेशनले होटल सञ्चालन गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपति पुगेका छन् । पशुपति धर्मशाला भाडामा लिएर होटल चलाएको भन्दै बतास अर्गनाइजेशनको आलोचना भएपछि त्यसबारे सत्यतथ्य बुझ्न भन्दै मन्त्री आले पशुपति पुगेका हुन् ।

पशुपति पुगेका मन्त्री आलेले आफूले सत्यतथ्य बुझेर आवश्यक निर्णय लिइने बताएका छन् । यस अघि मन्त्री आलेकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरिएको थियो ।

बतास समूहले पशुपतिमा रहेको १९ रोपनी जग्गा त्यसमा रहेको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.