add

माघ २ गतेदेखि अनलाइनबाट मात्रै श्रम स्वीकृति,यसरी दिनुहोस् अनलाइनबाट आवेदन






ActPro Nepal

|

३० पुष, २०७८

|
1155

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै  पुनः श्रम स्वीकृति दिने भएको छ।

यसअघि भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम स्वीकृति दिदै आएको विभागले माघदेखि भने अनलाइनबाट मात्रै दिने तयारी थालेको हो ।

यो व्यवस्था भएसँगै वैदेशिक रोजगार कार्यालयमा गएर पुनः श्रम स्वीकृत लिन लामो लाइन लाग्नुपर्ने र पुनः श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई छिटो, छरितो, पारदर्शी र सरल सेवा उपलब्ध गराउने योजनासहित अनलाइनबाट मात्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको विभागको भनाइ छ । २०७७ साल पुस महिनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति दिन थालिएको थियो।

यसरी दिनुहोस् अनलाइनबाट आवेदन

- वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति क्लिक गर्नुहोला वा सिधे www.feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भन्ने Log in गरी फाराम भर्नु पर्ने छ।

- श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको User Account मा जाने हँदा आफ्नो व्यक्तिगत मोवाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नु पर्नेछ।

 - Username र Password प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको Username र Password सुरक्षित राख्नु पर्नेछ।

- अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा ३ कार्य दिन दिन अगाडि अनलाइन फाराम भर्नुपर्नेछ।

- बायोमेट्रिक नभएका व्यक्तिहरुले वैदेशिक रोजगार कार्यालय काठमाडौं वा अन्य श्रम तथा रोजगार कार्यालयहरुमा बायोमेट्रिक गराएर मात्र अनलाईन फाराम भर्नुपर्नेछ।

पुनः श्रम स्वीकृतिको लागि लाग्ने खर्च

(क) म्यादी जीवन बीमा - उमेर अनुसार : १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्ष देखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्ष देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ लाग्ने।

(ख) वैदेशिक रोजगार कल्याणकारी कोषमका लागि १५ सय रुपैयाँ

आवश्यक कागजात

- पासपोर्ट साइजको फोटोको स्क्यान कपी

- राहदानीको स्क्यान कपी

- सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी

- पुरानो श्रम स्वीकृतिको स्क्यान कपी

- पुरानो भिसा भए सो को स्क्यान कपी

- अध्यागमन कार्यालयले राहदानीमा लगाएको Departure र Arrival स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी

- यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको Joboner letter वा सम्झौतापत्रको स्क्यान कपी

- घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्क्यान कपी

- म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.