add

आनन्दराज बतास भन्छन्ः छानबिन समितिले प्रतिवेदन त बुझायो तर हामीसँग सोधपुछ नै गरेन






ActPro Nepal

|

२७ पुष, २०७८

|
329

काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिइ रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु (बतास समूह) सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ । 

‘जाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइन?,’ न्युज कारखानासँगको कुराकानीमा बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।’

नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिन–क्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे । ‘समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौं र हाल्यौं । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौं,’ उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.