add

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नदिन गृहकाे सर्कुलर






ActPro Nepal

|

२६ पुष, २०७८

|
722

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक र सामाजिक कार्यक्रम गर्न रोक लगाएको छ ।

मन्त्रालयले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न/नगराउन आवश्यक व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेको हो ।

जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने गृह मन्त्रालयले जनाएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.