add

छानबिन समितिको निष्कर्ष– नारायणहिटीमा क्याफ्टेरिया खोल्न दिन ठेक्का सम्झौतामै मिलेमतो देखियो






ActPro Nepal

|

२६ पुष, २०७८

|
547

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालन गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले मन्त्री प्रेमबहादुर आलेलाई सोमबार प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल संयोजक रहेको प्रतिवेदनले नारायणहिटी क्षेत्रको १४ रोपनी क्षेत्रमा अवैधानिक तरिकाले बनाइएको क्याफेको संरचना निर्माण तत्काल रोक्न सिफारिस गरेको छ ।

उक्त प्रतिवेदन समितिले कार्यान्वयनका लागि मन्त्री आलेलाई हस्तान्तरण गरेको हो । प्रतिवेदनमा उक्त क्याफे निर्माण गर्ने क्रममा एउटै परिवारभित्रका शेयर सदस्यहरू रहेको बतास समूहका तीनवटा संस्थाले प्रतिस्पर्धामा भाग लिएकाले ठेक्का सम्झौतामा मिलेमतो भएको उल्लेख छ ।

प्रतिवेदनमा क्यान्टिन र क्याफ्टेरिया निर्माण गर्न स्पष्ट क्षेत्र नदिइएको, दक्षिणपट्टिको प्रवेशद्वार नजिकै रहेको जग्गामा समितिको कुनै जानकारीबिनै निर्माण कार्य अगाडि बढाइएको, निर्माण रोक्न कुनै पहल नभएको, क्यान्टिन र क्याफ्टेरिया भाडामा चलनचल्तीको बजारमूल्यलाई आधार नबनाइएकोलगायत निष्कर्ष निकालिएको छ ।

संग्रहालयमा बनाइएको उक्त संरचना अनुमति पाएभन्दा बढी क्षेत्रफल जग्गामा स्वीकृत नलिई निर्माण गरेको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.